दफा ११
हातहतियार र खरखजाना सम्बन्धी नेपाल कानूनको बचाउ
यो ऐनमा लेखिएका कुनै कुराले हातहतियार र खर खजाना सम्बन्धी नेपाल कानूनमा कुनै कुरालाई असर पार्ने छैन ।
तर कुनै विष्फोटक पदार्थ उत्पादन गर्ने, राख्ने, प्रयोग गर्ने, बिक्री गर्ने, परिवहन गर्ने वा पैठारी गर्ने कामको इजाजतपत्र दिने प्रमुख जिल्ला अधिकारीलाई यो ऐन अन्तर्गत बनेका नियम बमोजिम अधिकार भएमा निजले दिएको कुनै इजाजतपत्रलाई हातहतियार र खरखजाना सम्बन्धी नेपाल कानून अन्तर्गत दिइए सरह मान्यता हुनेछ भन्ने सो इजाजतमा लेखिदिन सक्नेछ ।